काठमाडौं – सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT


यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

# # #