एजेन्सी – चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डोन प्रमुद्विनाइ चीन भ्रमणमा जाने भएका छन् ।


ADVERTISEMENT


यस्तै म्यानमारका विदेश मन्त्री उ वुन्ना माउङ ल्विनले समेत चीन भ्रमणमा निस्किने जनाइएको छ । उनीहरुले मार्च ३१ देखि अप्रिल ३ सम्म चीनको भ्रमण गर्नेछन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार जनाएअनुसार पनामाका विदेशमन्त्री एरिका माउनेसले पनि अप्रिल ४ मा चीनको भ्रमण गर्ने छन्।