काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।