काठमाडौं – केसीएल अस्ट्युट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार संचालन गर्ने भएको छ ।
गरिमा विकास बैंक लिमिटेडको ५१।२०५ शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।


ADVERTISEMENT


गत असार ४ गते केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको के।सी।एल। अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडबाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।


ADVERTISEMENT

# # #


संस्थाको नाम परिवर्तन सम्बन्धी औपचारिक जानकारी सम्पूर्ण सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्ने प्रयोजनार्थ चैत १४ गते माया मनोर बुटिक होटल, हात्तिसार, काठमाडौंमा दिउँसो ३ बजे एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, काठमाडौँ क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरु, साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडका सञ्चालकहरु, गरिमा क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु ९जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति शेयर रजिष्टे«शन, संस्थागत परामर्श तथा सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुने व्यवस्था मिलाइनेछ । यस संस्थाले अफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ ।

साथै गरिमा क्यापिटल लिमिटेडमा ५ सदस्यहरु रहने गरी सञ्चालक समितिको गठन भएको छ । संचालकहरुमा दिपक पाण्डेय र अनिल श्रेष्ठ (केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट), रामाकान्त बराल, यादव कुमार श्रेष्ठ र माधव प्रसाद उपाध्याय (गरिमा विकास बैंक लिमिटेडबाट) रहेका छन् ।