काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा खुला गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको विकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने खुला गल्फ प्रतियोगिता २०२२ सम्पन्न गरेको हो ।


ADVERTISEMENT


उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरिएको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा Winner Men’s मा अवकासप्राप्त कर्णेल सशी बिक्रम सिंह, Runner-Up Men’s मा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल,Gross Winner मा सुरज श्रेष्ठ, Ladies Winner मा तारा कार्की चित्रकार, Ladies Runner-Up मा रेखा घिमिरे, Senior Winner मा मेजर जनरल विजय मोक्तान, Senior Runner-Up मा सन प्रसाद प्रधान, Hole In One Hole No. 6 मा जयबिर आचार्य, Junior Winner-Boy मा अभिमन्यु कार्की, Junior Runner-Up Boys जयबिर आचार्य, Junior Winner-Girls मा इष्टेना टण्डन, Junior Runner-Up Girls मा अन्वद्या मल्ल, Most Birdies मा अवकासप्राप्त बरिष्ट प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ,Longest Drive @ 11 मा सानु सान्यो शाही, Closest to the Pin @ 12 मा ताहिर शाह र Best Sportsmanship मा अनिल सिन्हा विजयी भएका थिए ।

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयां पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी न्याि त्यगचलबmभलत को प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराए ।