काठमाडौं – नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ ।


ADVERTISEMENT


उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए ।

बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।