काठमाडौँ – काठमाडौँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो । मलेसियाका लागि जुल्वाइदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । कुशल मल्लबाट बोल्ड आउट हुनुअघि उनले १५ बलमा नै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फाइजले २४ तथा मुहम्मद अमिरले १६ र सेद अजिजले १४ रन बनाएर आउट भए ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान सन्दीप लामिछाने र करणले केसीले समान २–२ तथा कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १–१ विकेट हात पारे ।

नेपालले जवाफी ब्याटिङ गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८ रनले हराएको थियो भने हिजो मलेसियाले पनि पप्वा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।

सिरिजमा आयोजक नेपाल, पपुवा न्यूगिनी र मलेसियाले एक आपसमा २–२ खेल खेल्नेछन् ।