काठमाडौँ – करिब चार वर्षअघि सशस्त्र प्रहरी बल (एपीएफ)को महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो सेवा अवधिको अन्तिमतिर आइपुगेका छन् । एपीएफको १०औँ महानिरीक्षक बनेका खनाल यही चैत्र २८ गतेदेखि सेवा निवृत्त हुँदैछन् ।


ADVERTISEMENT


महानिरीक्षक खनालको चार वर्षे कार्यकालमा सशस्त्र प्रहरी बलले विशेष गरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं औद्योगिक सुरक्षामा प्रभावकारी भूमिका काम गरेको अधिकारीहरुको भनाई छ । किनकी खनालले आफू नेतृत्वमा आउने बित्तिकै रोकिएको सरुवा बढुवा तथा भर्ना सुचारु गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसक्रममा १५ हजार १३७ जनाको बढुवा भएको भयो । यस्तै खनालकै नेतृत्वमा १०,६९३ सशस्त्रको नयाँ भर्ना भएको भयो । खनालले सांगठनिक सुदृढीकरण एवं राष्ट्रसेवक कर्मचारीहरुको वृत्तिविकासका लागि संगठन सर्वेक्षण तथा व्यवस्थापन एवं विभिन्‍न कार्यविधिहरु महानिरीक्षकमा नियुक्ति हुनासाथ तयार गरी लागू गरे । खनालको यो कदमले सशस्त्र प्रहरी बलको संगठनात्मक सुदृढीकरणमा निकै योगदान दिएको अधिकारीहरुको भनाई छ ।

यस्तै ५८ जिल्लामा रहेको सशस्त्र प्रहरी बललाई विस्तारित गर्दै खनालले ७७ वटै जिल्लामा परिचालन गरे । यसअघि सशस्त्र अधिकृतहरुको कार्यसम्पादन मूल्याङ्कन वार्षिक रुपमा मात्र गरिन्थ्यो । तर, खनाल आउने बित्तिकै त्यसलाई घटाएर चौमासिक रुपमा कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने व्यवस्था सुरु गरे । जसले गर्दा अधिकृतहरुलाई राम्रो काम गर्न प्रोत्साहन गर्दै सेवा प्रवाहमा पनि उत्कृष्टता आएको एपीएफ अधिकारीहरुको बुझाई छ ।

अब्बल सीमा सुरक्षा

सशस्त्र प्रहरीलाई खासगरी सीमा सुरक्षाको जिम्मेवार सुरक्षा निकायका रुपमा लिइन्छ । देशको सीमा रक्षाका लागि सरकारले सीमामा बोर्डर आउट पोस्ट (बीओपी)को व्यवस्था गरेको छ । तर, बीओपीको संख्या आवश्यकता भन्दा कम भएपछि पटकपटक सीमामा विभिन्न किसिमका समस्याहरु दोहोरिँदै आएका थिए । तर, महानिरीक्षकमा खनाल आउना साथ बीओपीको संख्यामा उल्लेख्य वृद्धि गरे ।

खनाल आउनुअघि ८७ वटा बोर्डर आउट पोष्ट रहेका थिए । हाल २२७ वटा बोर्डर आउट पोष्ट तैनाथ भएका छन् । जसमा ७ वटा उत्तरी सीमामा अवस्थित छन् । बीओपी भवन निर्माणको कामलाई समेत तीव्र रुपमा अघि बढाइएको छ ।

दार्चुलाको छाङ्रुमा बीओली उद्घाटन हुँदै ।

खनाल संगठन प्रमुखमा नियुक्ति हुनुपूर्व सीमानामा १० हजार ३०८ जना सशस्त्र प्रहरी परिचालन भएको थिए । हाल दक्षिणी सीमानामा मात्र १८ हजार २४८ जना सशस्त्र प्रहरी परिचालित छन् । यस्तै सीमा सुरक्षाका साथै सशस्त्र प्रहरीले राजश्व संकलन र अवैध चोरी निकासी र आपराधिक गतिविधिलाई समेत नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

खनाल नेतृत्वमा आइसकेपछि सशस्त्रले अवैध चोरी निकासी पैठारी नियन्त्रण मार्फत सम्बन्धित निकायलाई उल्लेख्य मात्रमा राजस्व संकलनमा सहयोग पुर्‍याएको छ । जस अनुसार अवैध चोरी बरामदीबाट सशस्त्रले २ अर्ब ५२ करोड १० लाख ३१ हजार ५३ रुपैयाँ उठाउन सफल भएको छ ।

नेपालगञ्ज उमनपा-१७ स्थित सीमा इलाकाबाट करीव ८ लाख १ हजार बराबरको चोरी पैठारीका लत्ताकपडा बरामद ।

खनालकै नेतृत्वमा सशस्त्र वेरुजु फर्छ्यौटमा उत्कृष्टता हासिल गरी लगातार २ पटकसम्म गृह मन्त्रालयबाट पुरस्कृत हुन सफल भयो । उनले संगठनमा सर्वसाधारण र सम्बन्धित निकायबाट आउने आउने विभिन्न किसिमका गुनासोहरुको व्यवस्थापन समयमै सम्पन्न गर्ने परिपाटीको जग बसाए ।

खनालको यो चार वर्षे अवधिमा सशस्त्रको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीद्वारा ९ हजार ९२५ जना घाइते तथा ३ हजार ९५४ जना मृतकको उद्दार गगर्न सफल भयो । कर्मचारीहरुलाई व्यावसायिक बनाउन विभिन्‍न आधारभूत तथा उन्नत तालिमहरु प्रदान गरिएको गरिएको छ । जस अनुसार सशस्त्रले ७३ वटा नयाँ पाठ्यक्रम निर्माण गरेको छ भने २३ वटा पाठ्यक्रम संशोधन गरेको छ ।

खनाल छिमेकी समकक्षीहरुसँग आवधिक वार्ता र भेटघाट मार्फत सुमधुर सम्बन्ध स्थापना गर्न सफल भएका छन् । जसको कारण सीमापार अपराध नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको सशस्त्रको बुझाई छ । यस अवधिमा २९० पटक सीमा समन्वयात्मक बैठक भएको छ ।

उनले अमर सशस्त्र प्रहरीहरुको सम्मान स्वरुप सशस्त्र प्रहरी बल, नेपालका सबै भवनहरुमा अमर सशस्त्र प्रहरीको नामबाट नामाकरण गर्ने प्रचलन शुरु गरेका छन् । साथै उनले सशस्त्र प्रहरी बल, नेपालका तल्लो तहका कर्मचारीहरुको हितलाई ध्यानमा राखी विभिन्‍न कल्याणकारी योजनाहरु लागू गराएका छन् ।

यस अवधिमा सशस्त्रले २ वटा क्षेत्रीय स्कुल ४ वटा क्षेत्रीय अस्पताल, पूर्व क्षेत्रीय अस्पताल पकली, छिन्नमस्ता फिल्ड अस्पताल, ट्रमा सेन्टर कुरिन्टार, मध्यपश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा कल्याणकारी योजनाहरु लागू गरेको छ ।

एपीएफ अस्पतालमा व्यापक परिवर्तन

सशस्त्र प्रहरीको स्वास्थ्योपचारलाई कन्द्रबिन्दुमा राखी नेपाल एपीएफ अस्पताल काठमाडौँको बलम्बुमा सञ्चालनमा छ । करिब दुईवर्ष अघिदेखि विश्वभर फैलिएको कोरोना भाइरसको नेपाललाई पनि निकै प्रभावित पार्यो । महानिरीक्षक खनालको आवश्यक निर्देशन र सहयोगमा एपीएफ अस्पतालले प्रभावकारी रुपमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलायो । एपीएफ अस्पतालबाट हजारौँ कोरोना संक्रमितले नयाँ जीवन पाए ।

खनाल आउनुअघि नेपाल एपीएफ अस्पतालमा जनरल वार्ड ११० शैया मात्र थिए । तर अहिले ३५० शैया सञ्‍चालनको लागि अस्थायी स्वीकृति प्राप्‍त गरी हाल कार्य सञ्‍चालन भइरहेको छ ।

अस्पतालले सीटी स्क्यान मेसिन र एमआरआई मेसिन समेत खरिद गरेर बिरामीको उपचारमा सेवा विस्तार गरेको छ । यस्तै अस्पतालमै मेडिकल अक्सिजन प्लान्ट उत्पादन गरी सशस्त्र प्रहरी अस्पताल अक्सिजनमा आत्मनिर्भरको बाटोमा लम्केको छ ।

एपीएफ अस्पतालमा आईसीयू ब्लक उद्घाटन गर्दै ।

अस्पतालमा हाई डिपेन्डेन्सी यूनिट’ (एचडीयू) ५० बेडको जडान संचालनमा रहेको छ । यस्तै आईसीयू ब्लकब्लड बैँकको स्थापना समेत गरिएको छ । अस्पतालले गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा प्रदान गर्न सुरु गरेको छ । इमजेन्सी सेवाको लागि भवनको शिलान्यास समेत भएको छ ।

खनालले विभिन्न समयमा संगठन सर्वेक्षण तथा व्यवस्थापन गरी पदोन्नति लगायतका वृत्तिविकासको अवसर सिर्जना गरेको गरेका छन् । फुटबल, क्रिकेट लगायतका कयौँ खेलसँग सम्बन्धित खेलाडीहरुलाई एपीएफमा अनुबन्धन गर्दै उनीहरुको भविष्यलाई सुरक्षित गरिएको छ । यसले मुलुकको खेल क्षेत्रको विकासका लागि विशेष योगदान दिएको छ ।

यही अवधिमा  नेपाल ए.पी.एफ. क्लबले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले तय गरेका मापदण्ड अनुसारको खेल, खेलाडी, भौतिक संरचनाका मापदण्ड र आधारहरु पूरा गरेपछि एएफसी (एशियन फुटबल फेडेरेसन)को क्लब लाईसेन्स प्राप्‍त गर्न सफल भएको छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि एपीएफ अस्पतालमा खटिएका स्वास्थ्यकर्मीसँग ।

महानिरीक्षक खनालको चार वर्षे कार्यकाल सशस्त्र प्रहरी बलका लागि स्वर्णीम रहेको एक सशस्त्र प्रहरी अधिकारी बताउँछन् । उनका अनुसार खनालको चार वर्षे कार्यकालको उपलब्धी दर्जनौँ छन् । सीमा सुरक्षा र संगठनात्मक सुदृढीकरणका लागि उनले चालेका कदमले एपीएफमा सकारात्मक प्रभाव पारेको त छ नै, सँगै आगामी नेतृत्वका लागि पनि मार्गदर्शन बन्ने उनले बताए ।

प्रहरी निरीक्षक हुँदै सशस्त्रको आईजीसम्म

खनाल २०४९ वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकका रुपमा सुरक्षा सेवामा प्रवेश गरेका थिए । विशेषगरी सीमा सुरक्षालाई प्रमुख उद्देश्य राखेर विसं २०५७ सालमा सरकारले अर्धसैनिक सुरक्षा सङ्गठनका रुपमा सशस्त्र प्रहरी बलको गठन गर्यो ।

खनालले सशस्त्र प्रहरी बलको पहिलो ब्याचको अधिकृत हुने मौका थिए । डीएसपीको पदमा सशस्त्र प्रहरी बलमा भर्ना भएका थिए । सुरुवाती दिनदेखि नै संलग्नताका कारण स्थापनाकालदेखि नै योगदान गर्ने अवसर पाए । संगठनमा देखाएको कुशल क्षमताले गर्दा उनलाई २०७४ साल चैत्र २७ गतेको मन्त्रिपरिषद्को निर्णयले चैत्र २९ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी बलको महानिरीक्षकका रुपमा नियुक्त गरेको थियो ।

कोभिडविरुद्ध सुरक्षार्थ परिचालितलाई निर्देशन दिँदै ।

विसं २०२३ असोज २८ गते काठमाडौंमा जन्मिएका आईजीपी खनालले विज्ञानमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । शैक्षिक योग्यताका अतिरिक्त उनले ‘कम्प्रिहेन्सिभ सेक्युरिटी रेस्पोन्स टु टेररिज्म’मा ट्रान्सनेशनल सेक्युरिटीको अपरेसन, एपीसीएसएसमा अन्तरराष्ट्रिय सुरक्षा सहयोग हवाई, अमेरिका, सिनियर मिसन नेतृत्व नयाँ दिल्ली, लजिस्टिक र ट्रान्सपोर्ट म्यानेजमेन्ट ह्याम्बर्ग जर्मनी, कानून प्रवर्तनजस्ता धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय तालिमहरू हासिल गरेका छन् ।

एपीएफको विकासमा उनको लगनशीलता र योगदानको मूल्याङ्कन गर्दै उनलाई सरकारले उपयुक्त स्थानको साथ सम्मान गर्यो । जस स्वरुप उनी अहिले अहिले उनी ३७ हजार १ सय १९ जना सशस्त्र प्रहरी बलको दशौं प्रमुखका रुपमा नेतृत्व गरिरहेका छन् ।

अब्बल नेतृत्व क्षमता

खनालले देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो नेतृत्व क्षमता देखाएका छन् । सन् २०१५ मा नेपालमा ९ हजार बढी मानिसको ज्यान जानेगरी आएको शक्तिशाली भूकम्पका बेला डीआईजीका रुपमा खनालले राहत र उद्धार कार्यको नेतृत्व गरेका थिए, उनकै नेतृत्वमा सशस्त्रले भूकम्पमा परी भौतिक संरचनामा दबिएका दर्जनौँको उद्धार गरिएको थियो ।

उद्योगलाई सुरक्षा प्रदान गर्ने नीति तर्जुमा र कार्यान्वयनमा उनको महत्वपूर्ण भूमिका रह्यो । जसले उद्योगीहरुको आत्मविश्वास अभिवृद्धि र औद्योगिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरी केन्द्र क्षेत्र कमाण्डर हुँदा उनले प्रभावशाली प्रहरी प्रदर्शन गरेका थिए ।

महानिरीक्षक खनालले बलको प्रवक्ता हुँदा सशस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीलाई ठूलो जनसङ्ख्यामा उजागर गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एपीएफले राष्ट्रिय तथा सामाजिक मञ्चमा हासिल गरेका उपलब्धिहरूप्रति जनभावना जित्नुका साथै उनले सूचनाको हकको संवैधानिक अधिकारलाई प्रवर्द्धन गर्न प्रेसलाई पनि सहजीकरण गरेका थिए ।

जसका लागि उनले प्रवक्ताको रूपमा रहँदा उनले सबै ब्रिगेड, बटालियन, सीमा सुरक्षा कार्यालय, कम्पनी र बोर्डर आउट पोस्टहरूमा सूचना अधिकारी नियुक्त गरेका थिए। फलस्वरूप, बलको अर्धसैनिक सेटअपमा पारदर्शिता कायम रह्यो ।

अन्तर्राष्ट्रिय मिसनमा उच्च कार्यक्षमता प्रदर्शन

खनालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मिसन पनि उत्तिकै प्रभावकारी काम गर्दै उच्च व्यावसायिक र शैक्षिक सीप प्रदर्शन गरेका छन् । उनी संयुक्त राष्ट्र संघसँग मुख्य एफपीयू संयोजक, र ‘अफ्रिकी संघ संयुक्त राष्ट्र हाइब्रिड अपरेशन इन डार्फर’मा कार्यवाहक प्रमुखको रूपमा आवद्ध भए । यस्तै उनी सन् २००८ मा लाइबेरियामा संयुक्त राष्ट्र मिशनमा गठन गरिएको पुलिस इकाईको कमान्डिङ अफिसर र कोसोभोमा संयुक्त राष्ट्र मिशनमा जिल्ला अदालत इकाई प्रिस्टिनाको प्रमुख प्रशासनिक अधिकारी र टोली नेता पनि थिए।

विदेशी मिसनहरूमा उनले गरेको व्यावसायिक योगदानले उनलाई चारवटा संयुक्त राष्ट्र पदक दिलाएको छ । यसबाहेक उनी संयुक्त राष्ट्र मिशनहरूमा भाग लिने अधिकारीहरूको प्रशिक्षणमा पनि धेरै प्रभावशाली मानिन्छन् ।

ताप्लेजुङको ओलाङ्गचुङ्गोलामा बीओपी उद्घाटन ।

मुस्ताङको लोमाथाङ्गमा बीओपी उद्घाटन ।

ताप्लेजुङको किमाथाङ्कामा बीओपी उद्घाटन।

मनाङ्गको हिमपहिरोमा परेकाहरुको उद्दार गर्दै सशस्त्र प्रहरी ।