काठमाडौँ– भारतीय दूतावासले नेपालमा आफ्नो ५७ औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।


ADVERTISEMENT


बुधवार भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुको उपस्थितमा दूतावासले एक समारोहको आयोजना गर्दै सो दिवस मनाएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले विशेष आतिथ्यता निर्वाह गरेका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, आइटेकका वरिष्ठ पूर्व विद्यार्थी तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहले राष्ट्रप्रति पुर्‍याएको योगदानको प्रंशसा एवम् सम्मान गरे ।

यस्तै कार्यक्रमलाईसम्बोधन गर्ने क्रममा राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको दाबी गरे ।

उनका अनुसार, स्थापना भएको ५७ वर्ष अवधिमा आइटेकका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन्, भने विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ । भारतले विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष कोर्ष सञ्चालन गर्दै आएको छ ।

यस्तै, कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि जनाएका शिक्षामन्त्री देवेन्द्र पौडेलले कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको प्रशंसा गरे ।