काठमाडौँ– सरकारले गम्भीर प्रकृतिका रोग भएको बिरामीलाई भत्ता स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय प्रक्रिया अघि बढेको छ ।


ADVERTISEMENT


गम्भीर रोगका बिरामीलार्ई औषधी उपचार खर्च स्वरुप ५ हजार रुपैयाँ उपलब्ध गराउने सो कार्यविधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १३ चैत्रमा बसेको मन्त्रीस्तरीय निर्णयले पारित गरेको हो ।


ADVERTISEMENT

# # #


यससंगै अब मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, क्यान्सरएवम् मेरुदण्ड पक्षघातका बिरामीले सरकारबाट मासिक भत्ता पाउने भएका छन् ।

नीति तथा कार्यक्रममा यी बिरामीलाई मासिक ५ हजार दिने भनेर उल्लेख गरिएपनि तत्काल कुनैपनि कार्यविधि नबनेको कारण सो योजना त्यतिबेला स्थगित भएको थियो । यद्यपि अहिले कार्यविधिको तयारीसँगै यी समूहले भत्ता पाउने बाटो खुलेको हो ।

यस्तै, मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार समेत गरेको छ ।