काठमाण्डौं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।


ADVERTISEMENT


झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ । घरमा सामान्य क्षति भएको छ ।

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए ।

ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ । प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो ।