काठमाण्डौं-दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो ।


ADVERTISEMENT


घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो । उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । खातुनलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नेजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् । पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन् ।

सोहीअनुसार नेजमाले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदबारले बताए । आजको नयाँ पत्रिकाबाट