काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहुर्याउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजो मात्रै भारतको दिल्लीस्थित नेपाली दूतावासमा टाँगिएको नेपालको नक्सामा नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । यो भन्दा राष्ट्रिय दलाली, यो भन्दा राष्ट्रको गौरव निहुराउने, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’

यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए। ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाए ।

उनले अघि भने, ‘यदि नयाँ नक्साबारे थाहा छैन भने के थाहा छ यो सरकारलाई ? लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो भन्ने थाहा छैन भने के थाहा छ ? कुर्सी थाहा छ, सत्ता थाहा छ । भ्रष्टाचार थाहा छ ।’

त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी गरेको टिप्पणी गरे । पाँच दलिय गठबन्धनको ध्यान कुर्सी, सत्ता, भ्रष्टचारमा मात्र केन्द्रीत भएको उनले आरोप लगाए।

ओलीले पाँच दलले पाँचतीरबाट आफुहरुलाई घेराबन्दी गरेको भन्दै एमालेले उनीहरुको घेरावन्दी तोड्ने दाबी गरे । उनले पाँच बर्षे सरकार ढालेर प्रचण्ड र माधव नेपालले मुलुकमा अस्थीरता निम्ताउन खोजेको र दक्षिणपन्थी सरकार बनाएको तर्क गरे ।

उनले मुलुकलाई सहि दिशातर्फ अघि बढाउनका लागि गम्भीर भएर लाग्न बुद्धिजीवीलाई आग्रह गरे ।