काठमाण्डौं(रासस)-सुनसरीको कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT


कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले सोमबार आक्रमण गर्दा ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । हात्तीको आक्रमणबाट स्थानीय बासिन्दा विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #