काठमाडौं – समृद्धि फाइनान्सले चैत २९ गतेदेखि ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।


ADVERTISEMENT


लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।


ADVERTISEMENT

# # #


आवेदन दिने अन्तिम म्याद वैशाख ७ गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन ८ गतेबाट फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।