काठमाडौं – अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उनी   मन्त्री बन्न लागेका हुन् ।


ADVERTISEMENT


बन्दी कानुनमन्त्री बन्न लागेको एकीकृत समाजवादी पार्टी स्रोतले बतायो । उनी कानुनमन्त्री बनेपछि अहिले कानुनमन्त्री रहेका दिलेन्द्र बडूलाई भने उद्योग मन्त्री बनाइने तयारी छ । सो मन्त्रालय अहिले नेतृत्वविहीन छ ।


ADVERTISEMENT

# # #


शपथको लागि बन्दीलाई तयारी अवस्थामा बस्न भनिएको छ । बन्दीले भने आफूलाई अहिलेसम्म शपथका जानकारी नआएको बताए ।

गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न बन्दी सक्रिय थिए । जसका कारण एमसीसी अनुमोदन मात्रै भएन, गठबन्धन पनि जोगियो ।