काठमाडौँ– भारतीय दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आफ्नो ७२ औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर) सम्पन्न गरेको छ । दूतावासले शनिवार होटल मेरियटमा ७२ औं आइसीसीआर स्थापना दिवस मनाएको हो ।


ADVERTISEMENT


आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी भारतको ७५ औँ आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमको उद्घाटन राजनीतिज्ञ डा. शशांक कोइराला, प्रसिद्ध अभिनेत्री मनीषा कोइराला एवम् नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थितिमा नियोग उप–प्रमुख नामग्य खम्पाले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । यस्तै, समारोहमा बहुचर्चित अभिनेत्री कोइरालाले आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु साझा गरेकी थिइन् ।

केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको सा कार्यक्रम विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।