काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  २०० रुपैयाँले घटेर  एक लाख १०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला  ९९ हजार ८०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला  एक हजार ३६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।