काठमाडौँ– बैंक अफ काठमाण्डू(बीओके)का लिमिटेडका ग्राहकले दराज र सस्तोडिलमा छुट पाउने भएका छन् ।


ADVERTISEMENT


नयाँ वर्ष २०७९ को अवसरमा बैंक र सो दुई कम्पनीबीच गरिएको व्यवसायिक सम्झौता अनुसार, बीओकेका ग्राहकले १० देखि २० प्रतिशसम्म छुट पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि ग्राहक सामान खरीदमा बैंकको डबिट अथवा क्रेडिट कार्ड प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । जसअनुरुपमा ग्राहकले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम रु. १५०० र डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. १००० सम्मको छुट प्राप्त गर्नेछन् ।

यस्तै, सस्तोडिलको सन्दर्भमा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २०% वा अधिकतम रु २,००० सम्मको छुट पाउनेछन् ।

बीओकेले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।