काठमाडौं–प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउदै सोको विरुद्ध अविलम्ब कारवाहीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्की उजुरी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उजुरीमा निर्वाचन आचार संहिता ९तेस्रो संशोधन० २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरुमा छापिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित ‘सुखी जनता,समृद्ध नेपाल,सुशासन र स्थिरताको लागि बामपन्थी सरकार ’ भन्ने सन्देश सहित छापिएको विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएकोे उल्लेख गरिएको छ ।

सो उजुरीमा आचार संहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४–४ वटा राष्ट्रिय दैनिकमा एकैचोटी गरिएको भन्दै अविलम्ब कारबाहीको माग गरिएको छ ।