काठमाडौं–बुढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित सबैलाई तत्काल मुआब्जा नदिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।


ADVERTISEMENT


बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै जग्गाको मुआब्जा निर्धारण गरेको एक वर्ष बितिसक्दा पनि अझै सबै मुआब्जा वितरण नभएको प्रति ओक्रोश व्यक्त गर्दे यो आर्थिक वर्ष भित्रमा मुआब्जा र पिडितको माग पुरा गर्नुपर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


डुवान क्षेत्रमा पर्ने गोरखातर्फको जग्गाको मुआब्जा अझै वितरण हुन सकेको छैन् । डुवान क्षेत्रका अवैज्ञानिक र अव्यवहारिक वर्गीकरण गरी डुवानवासीको सुझाब विपरीत मुआब्जा निर्धारण गरिएको प्रभावितहरुको आरोप छ ।
५८ हजार १ सय ५३ रोपनी जग्गा बुढीगण्डकी आयोजनाको लागि अधिग्रहण गरिएको छ ।

त्यसमा गोरखातर्फ ३८ सय र धादिङतर्फ ४ हजार ९ सय जमिन परेको छ । अहिले सम्म जम्मा ८ हजार ७ सय रोपनीको मात्र मुआब्जा वितरण भएको छ ।