काठमाडौँ – सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT


प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी प्रदर्शनीमा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायतका विषयहरु रहनुका साथै व्यवसायीहरुले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टन, यूपीएस र ल्यापटप तथा डेस्कटप जस्ता उत्पादनहरु प्रदर्शन तथा बिक्रीमा राखिने छ ।

महासङ्घका महासचिव नारायण थापाले सूचना प्रविधिसम्बन्धी अध्ययन तथा कार्य गरिरहेका विद्यार्थीको क्षमताको विकास गर्नुका साथै उनीहरुको आइडियालाई प्लेटफर्म प्रदान गर्न र इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा उपयोग गर्नु मुख्य उद्देश्य रहेको जानकारी दिए ।