काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७र७८ मा बेरुजु फछ्र्योट कार्यमा सर्वोकृष्टरउत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए।


ADVERTISEMENT

# # #


सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको पनि गृहमन्त्री खाँणले आश्वस्त पारे । उनले बेरुजु फछ्र्योटमा सर्वोकृष्ट–उत्कृष्ट हुनेलाई नगद तथा प्रशंसापत्र समेत वितरण गरेका थिए ।

तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, प्र्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय किताब खाना (प्रहरी) का उपमहानिर्देशक शान्ता अधिकारी, भट्टराईलाई रु १०–१० हजारका दरले नगदसहित सम्मान गरेका थिए ।

यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र रमेशकुमार केसीलाई पाँचरपाँच हजार नगदसहित सम्मान गरिएको थियो । समरोहमा गृहमन्त्री खाँणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा अधिकृत शालिराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई रु ८–८ हजार नगदसहित सम्मान गरे ।

पुरस्कार वितरण गर्दै बेरुजु फछ्र्योटमा गृह मन्त्रालय अन्तर्गतका निकायले देखाएको कार्यकुशलता प्रशंसायोग्य रहेको भन्दै उनले आगामी दिनमा योभन्दा अझै राम्रो कार्य गरेर देखाउन आग्रह गरे।