धनुषा – मधेस प्रदेशको धनुषास्थित जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण कार्य सम्पन्न भएको छ । जानकी मेडिकल कलेजले चर्चित  जया माताको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम आयोजना गरि कलेजको नयाँ शैक्षिक भवन “तिरुपति जया भवन”को अनावरण गराएको हो । उक्त भवनलाई  जया माताकै नाममा नामाकरण गरिएको छ ।

अनावरण कार्यक्रममा नर्सिङ लगायत प्रथम र दोश्रो वर्षका विद्यार्थीहरूले जया माताको लागि सांस्कृतिक मैथिली नृत्य प्रस्तुत गरेका छन् । त्यस बाहेक केही प्रतिभाशाली विद्यार्थीहरूले मिथिला चित्रकलाको प्रदर्शनी समेत गरेका थिए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



विद्यार्थीहरूको लगन र मेहेनत देखेर खुशी भएकी माता जयाले सम्पूर्ण विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैलाई आशीर्वाद दिइन् ।

जानकी मेडिकल कलेजले स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको छ ।