सोलुखुम्बु – कांग्रेस नेतृ पूजा फुयालले  जन्मदिनको अवसरमा ५० हजारकाे अक्षयकाेष स्थापना गरेकी छन् ।


ADVERTISEMENT


 नेतृ  फुयालद्वारा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित हिमाल दर्शन माविमा ५० हजारको अक्षयकोष स्थापना गरिएको हो ।


ADVERTISEMENT

# # #


शैक्षिक गुणस्तर बृद्धि तथा बालबालिकाको पठन सिपको विकास गर्ने उद्देश्यले सोही विद्यालयकी पूर्व विद्यार्थीसमेत रहेकी फुयालले आफ्नो जन्मदिनको अवसरमा ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन् ।

अक्षयकोषबाट प्राप्त व्याजलाई कक्षा ६, ७ र ८ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई रकम वितरण गरिने छ । पालिकाका विभिन्न स्थानमा रहेका विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने फुयालले बताईन् । फुयाल  नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।