काठमाण्डौं-दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटनमा परि एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका म्यादी प्रहरी तुलसीपुर १८ निवासी १९ वर्षीय विनोद चौधरीको गएराति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।


ADVERTISEMENT


तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २३ वर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीया देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ४० वर्षीय बमराज सुनारको अवस्था अझै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी सुधिरराज शाहीले जानकारी दिए । उनीहरू तीनै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको हो ।


ADVERTISEMENT

# # #


अन्य घाइतेहरूमा बबई गाउँपालिका वडा नं. ६ निवासी १८ वर्षीय सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नं. २ निवासी ४५ वर्षीया नरपनी बुढाथोकी, बबई गाउँपालिका वडा नं. ६ निवासी ३६ वर्षीय नेवबहादुर खत्री, शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ५० वर्षीय हेमराज रामजाली र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी २३ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै त्यसको झन्डै डेढसय मिटरको दूरीमा मुख्य बजारमा बम विस्फोट भएको थियो ।