काठमाडौँ– कंगोमा वीरगति प्राप्त गरी देहान्त भएका नेपाली शान्ति सेना अनिल गुरुङलाई नेपाली सेनाले अन्तिम श्रद्वाञ्जलि अर्पण गरेको छ । अपरेशन ‘बाली’ को दौरान मिनुस्का, कंगोमा मृत्युवरण गरेको स्वर्गीय सेना गुरुङलाई बुधवार नेपाली सेना टोलीले अन्तिम सम्मान तथा श्रद्वाञ्जलि अर्पण गरेको हो ।


ADVERTISEMENT


छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सम्मान स्वरुप गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्‍जली स्वरुप फूलमाला लगाइदिए । सोहि क्रममा उनले युएनका फोर्स कमाण्डरले पठाएका समवेदना पत्र एवम् अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


यस्तै, रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली दिए, भने नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक डा अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट रिचार्ड होवार्डले भने युएनको झण्डा ओढाई सम्मान गरे ।

स्वर्गीय सेना गुरुङको कंगोमा सञ्चालन भएको अपरेशन ‘बाली’ को दौरान विद्रोहीको गोली लागेर गत चैत्र २२ गते मृत्यु भएको थियो । उनको पार्थिव शरीर मंगलबार नेपाल ल्याइएको हो ।

उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान कार्यक्रमपश्चात् स्वर्गीय शवलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरी नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने रक्षा मन्त्रालयले जनाएको छ ।