काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेल हुने भएको छ । एमाले र राप्रपाबीच तालमेलका लागि ५ बुँदे सम्झौता भएको हो ।


ADVERTISEMENT


तालमेलका लागि बुधबार एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार एमाले र राप्रपाबीच सम्भव भएसम्म देशभर तालमेल हुने भएको छ । यस्तै आफ्नो उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यस्तै राप्रपाका उम्मेदवारले पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् । निर्वाचित भएपछि उनीहरु राप्रपामै आवद्ध रहने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको पनि उपस्थिति रहेको थियो ।