काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार पक्राउ परेका भारतीय विद्यार्थी आदित्य सिन्हालाई छोडिदिन आग्रह गरेको छ ।


ADVERTISEMENT


अस्पतालका निर्देशक प्रा.डा गौरीशंकर शाहले सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई बल, पत्राचार गर्दै पक्राउ परेका भारतीय विद्यार्थी सिन्हालाई छोडिदिन आग्रह गरेको हो । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययनका लागि पुराना हाड तथा अंगहरु आवश्यक पर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


‘चिकित्साशास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यक पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

प्रतिष्ठानका अनुसार, सन् २०१६ मा भर्ना भएका सिन्हा भई हाल एमबिबिएस अध्ययनको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी विशेष कारणवश अध्ययनका लागि आवश्यक सामाग्री सहित घर फर्किने क्रममा विराटनगर रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ परेका थिए ।