काठमाण्डौं(रासस)-संयुक्त अनुगमन टोलीले मंगलबार लहानका होटल तथा लजमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ ।


ADVERTISEMENT


इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराई नेतृत्वको टोलीले लहानस्थित मारुती होटल एन्ड लज, विशाल होटल, अचिड होटल, महावीर मिष्ठान्न भण्डार, चौधरी होटल, सिम्रिकललगायत होटलमा अनुगमन गरेको हो ।


ADVERTISEMENT

# # #


अनुगमनका क्रममा मारुती होटलबाट ठूलो परिमाणमा म्याद नाघेका पेय पदार्थ बरामद गरिएको खाद्य निरीक्षण एकाइ सिरहाका खाद्य निरीक्षक सृजन जोशीले जानकारी दिए ।

अनुगमनका क्रममा विभिन्न होटल तथा लजमा सरसफाइको अवस्था कमजोर देखिएको, इजाजत पत्रसहितका कागजात ठीक ढंगले नराखिएको र लजको दररेट नराखिएको पाइएकाले होटल व्यवस्थापकलाई सचेत गराइएको निरीक्षक जोशीले बताए ।