काठमाण्डौं-रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरी खेल्दै समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो ।


ADVERTISEMENT


तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । १९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा गरी मायोरलले गोल गरेका हुन्।


ADVERTISEMENT

# # #


त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो । ८९ औं मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे।