काठमाडौँ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ ।


ADVERTISEMENT


प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । सो क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको बताएका थिए ।


ADVERTISEMENT

# # #


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनी एक महिनासम्म चल्ने जानकारी दिए । प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी छ ।

कार्यक्रममा उपराष्ट्रपति पुनले रु एक÷एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरे। यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ ।

त्यस्तै विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।