काठमाडौँ– गुँरास लाइफ इन्स्योरेन्सले आफ्नो एक मृतक बीमीतको रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले स्व. सुमन राना मगरको दाबी रकम इच्छाएको व्यक्ति उनका श्रीमान् ईन्द्र बहादुर राना मगरलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


कम्पनीका अनुसार, गुँरास सर्वाधिक जीवन बीमाअन्तर्गत सुमनले ५ लाख को बीमा गराएकी थिइन् । त्यसैअनुरुप कम्पनीले इन्द्र बहादुरलाई बीमामार्फत प्राप्त गर्ने कुल ५ लाख ९३ हजार ३२०/- रकम उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


बुधवार नारायणगढ शाखाका प्रमुख ओमकार सिग्देल एवम् कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले सो रकम हस्तान्तरण गरेका थिए ।