सिन्धुलीको तिनपाटन गाँउपालिका– ५ लंगुरस्थित अधेरीको उकालोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


सिन्धुलीबाट लंगुर छबिसे स्कुलको पाइप र सिमेन्ट बोकेर गएको ना ५ त ५०२५ नम्बरको न्यु होल्याण्ड ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ४० वर्षको एक पुरुषको मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोदराज शर्माले बताए ।


ADVERTISEMENT

# # #


मृतकको सनाखत हुन सकेको छैन् । मंगलबार साँझ सिन्धुलीबाट भारी लोड बोकेर हिडेको उक्त ट्याक्टर उकालोमा उक्लिन नसके पछि ओटलाउने क्रममा ट्याक्टरको सह चालकलाई चक्काले किचेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ ।

दुर्घटना पछि ट्याक्टरको चालक फरार रहेकाले के कारणले दुर्घटना भएको हो भन्ने थाहा पाउन नसकिएको बताइएको छ । प्रहरीले चालकको खोजीकार्य गरीरहेको र घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।