काठमाडौँ – नेपाल राष्ट्र बैँक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बनको विरोध जनाएको छ । संघको केन्द्रीय समितिले आइतबार राष्ट्र बैँकको केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानरसहित कोणसभा आयोजना गरेको हो ।


ADVERTISEMENT


गभर्नर अधिकारीको पक्षमा आवाज बुलन्द पार्न संघले राष्ट्र बैँकको केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयहरुमा समेत कालो ब्यानरसहित प्रदर्शन गरेको हो । विरोधस्वरुप कालो ब्यानरमा ‘केन्द्रीय बैँकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ लगायतका नाराहरु उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


कालो ब्यानर झुण्ड्यिाउनु अघि नेपाल राष्ट्र बैँकमा भएको कोणसभालाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी वित्तीय माफियाको चङ्गुलमा फसस्दा राष्ट्र बैँकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए ।

संघ केन्द्रीय बैँकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रममा उत्रिने बताउँदै उनले गभर्नर अधिकारीमाथिको कारबाही फिर्ता लिन समेत आग्रह गरे ।

विरोध कार्यक्रममा संघका अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकरप्रसाद भट्टराई लगायत पदाधिकारी, सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।