काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनले आशन्न स्थानीय तहको निर्वाचनका लागि महानगर–उपमहानगरमा तालेमल र बाँडफाँडबारे टुंगो लगाउने भएको छ ।


ADVERTISEMENT


आइतबार बालुवाटारमा बसेको गठबन्धनका शिर्ष नेताको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले अन्य पालिकामा गठबन्धनको तयारी र अवस्थाकाबारेमा भोलि नै कार्यदलको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री गंगा दाहालले बताइन् ।


ADVERTISEMENT

# # #


उनले फेसबुकमा भनेकी छन्, ‘बालुवाटारमा बसेको गठबन्धन शिर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर–उपमहानगरबारे टुंगो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ।’

यसअघि गठबन्धनका पाँच दलले निर्वाचनमा तालमेल गर्ने समझदारी गरेका थिए । जस अनुसार तालमेलका लागि महानगरपालिका र उपमहानगरपालिका प्रमुख–उपप्रमुखबारे केन्द्रीय संयन्त्रबाट टुंगो लगाउने र नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखबारेको गठबन्धनको जिल्ला संयन्त्र हुँदै प्रदेश संयन्त्रमार्फत लगाउने निर्णय भएको थियो ।