काठमाडौँ– नेपाली सेनाले आफ्ना कार्यक्रम सञ्चालनका लागि सञ्चारकर्मीको माग गरेको छ । सेनाले एक सुचना सार्वजनिक गर्दै अधिकृत तहको प्राविधिक उप–सेनानीका लागि कर्मचारी माग गरेको हो ।


ADVERTISEMENT


सुचना अनुसार, समाचार वाचक तथा सम्पादनका लागि आम सञ्चार तथा स्नातक पुरा गरेकाहरुले आवेदन दिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


‘परीक्षाबाट छनोट भएका उम्मेद्वारहरुले नेपाली सेनाको मिडिया(सिपाही पाक्षिक पत्रिका, सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैँले दिनुपर्छ, टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्नेछ’, सुचनामा उल्लेख छ ।

खुल्लामार्फत २ र जनजाति/आदिवासीमार्फत १ गरी कुल तीन जनाको माग गरिएको सो पदका लागि कम्तिमा ५ फिट ३ इन्च उचाई भई १८ वर्षभन्दा माथि र २९ वर्षभन्दा तलका पुरुषले आवेदन दिन सक्नेछन्, भने महिलाको हकमा कम्तिमा ५ फिट आइट भएकोर १८ माथिदेखि ३० वर्ष मुनिको हुनुपर्नेछ ।

यस्तै, छनोट लिखित र प्रत्योगात्मक(शारीरिक) परीक्षा दुवैमार्फत हुने जनाइएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले नेपाली सेनाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आवेदनको अन्तिम मिति वैशाख १३ गतेसम्म र दोब्बर दस्तुरमा वैशाख २० गतेसम्मका लागि खुल्ला गरिएको छ ।