काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए । उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ बिकल्प राप्रपा भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


पछिल्लो समय आम जनतामा राप्रपा प्रति नया आशा र विश्वास बढ्दै गएका उनको भनाई छ । उनले राप्रपाप्रति राखेको भरोषा टुट्न नदिने प्रतिवद्धता जनाए ।

पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार बिभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।