काठमाडौँ– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले गठबन्धनको शक्ति देखेर विपक्षी पार्टीका एमाले अध्यक्ष डराएको बताएका छन् । नेपाल विद्यार्थी(नेवि) संघ को ५४ को स्थापना दिवसको अवसरमा बोल्दै नेता पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन सत्ताको लागि नभएर व्यवस्थाको लागि भएको बताएका छन् । उनले भने, ‘यो गठबन्धन शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्रै होइन, नेपालमा लोकतन्त्र बचाउनको लागि पनि हो ।’ अघि बोल्दै उनले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन् । हतास भएका छन् । हतास अभिव्यक्ति दिइरहेका छन् । र, कस्ता–कस्ता संग हातेमालो गर्न पुगेका छन्’, उनले भने ।


ADVERTISEMENT

# # #


यसैगरि, उनले आज पनि देशले बलिदानको अपेक्षा गरेको बताएका छन् । ‘नेपालको राजनीतिले अहिलेपनि बलिदानको अपेक्षा गरिरहेको छ । देश अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रका लागि लड्ने लडाई बाँकी छ’, पौडेलले भने ।

तसर्थ यसका लागि लोकतन्त्र तथा परिवर्तनलाई उल्ट्याउन भइरहेका षडयन्त्र तथा नेपाली जनताको भाग्य र राष्ट्रिय एकतामाथि खेलवाड गर्ने सबै विरुद्व सर्तक हुनुपर्ने उनको भनाई छ ।