काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धनमा सिट बाँटफाँड गर्दा आफूलाई अवमूल्य अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार स्थानीय निर्वाचनका लागि एकीकृत समाजवादी पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले गठबन्धनले आफूलाई अपमान गरे नसहने समेत बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सबै पार्टीले आफ्नो शक्तिको मूल्याङ्कन गर्दै अरुको अवमूल्यन गर्दै अलि अपमानपूर्ण ढंगले व्यवहार गरिएको भन्ने रिपोर्ट आइरहेका छन् ।’ उनले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानविरुद्ध विद्रोह गर्नका लागि जन्मेका हौँ ।’

अध्यक्ष नेपालले पाँच दलभित्र नै तालमेल गर्ने निर्णय भइसकेको बताउँदै उनले अन्य दलसँग तालमेल नगर्न पनि सुझाए । अध्यक्ष नेपालले भने, ‘जतिमा सहमति भएको छ, सहमतिको आधारमा । सहमति हुन नसकेका मित्रतापूर्ण प्रतिस्पर्धाका आधारमा जाने भनेर हामीले टुंगो लगाएका छौँ ।’

अधयक्ष नेपालले जनताको विकासको चाहनालाई पूरा गर्ने र समाजलाई समृद्ध बनाउने कुरामा लाग्न स्थानीय तहमा उठ्ने एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई निर्देशन दिए ।