काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


सार्वजनिक घोषणापत्रमा स्थानीय सरकारमार्फत् हरेक घरपरिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने बताइएको छ । यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने उल्लेख छ । यस्तै विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पुर्याउने बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पार्टीले सकसानले उत्पादन गरेका वस्तु खेर जान नदिन कृषिउत्पादन संरक्षणका लागि हरेक पालिकामा आवश्यकताअनुसार शीत भण्डार (कोल्ड स्टोर), दुध चिस्याउने केन्द्र तथा कृषिउपज सब्कलन केन्द्रको व्यवस्था गर्ने जनाएको छ ।

“विदेशिएका युवालाई स्वदेश फर्काऊँ : कृषिउत्पादनमा वृद्धि गरौँ” भन्ने आह्वानका साथ युवाहरूलाई कृषिउत्पादनतर्फ आकर्षित गर्ने र आधुनिक प्रविधि भित्र्याउनका लागि किसानहरूलाई सहरूयोग गर्ने घोषाणापत्रमा उल्लेख छ ।

प्रत्येक पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान बनाउने एकीकृत समाजवादी पार्टीले घोषणा समेत गरेको छ ।

यस्तै हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने, ‘हरियालीयुक्त र सफा सहर’ को अवधारणाअनुसार राजमार्ग र सहायक मार्गको दायाँ–बायाँ फल–फूलका विरुवा लगाई सडकको सौन्दर्य बढाउने घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्तै पार्टीले आफ्नो नेतृत्वका पालिकामा फोहोरलाई समस्या हैन, फोहोरबाट मोहोर निकाल्ने र गाउँ–सहर सफासुग्घर बनाउने अठोट राखेको छ ।

यस्तो छ घोषणापत्रको पूर्ण पाठ: