चितवन– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार भरतपुर–२४ को नदीपचोकमा कार्यक्रममा प्रचण्डले भने, ‘बाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। नेपालमा राजनीतिक अस्थिरताको युगको अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुँदैछ।’


ADVERTISEMENT

# # #


अबको युग विकासको युग भएको भन्दै उनले आर्थिक समृद्धिका लागि लागिने पनि बताए । चितवनमा कयौं समस्या पाएको भन्दै प्रचण्डले ती समस्याहरु हल गर्दै गइने पनि बताए ।

उनले एमाले र माओवादीको एकताले समृद्धिको ढोका खोल्ने दाबी गर्दै प्रचण्डले भने, ‘ १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव सम्पन्न भयो। ती जिल्लाहरुमा बाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिन्छ। अब देशमा बामपन्थीहरुको दुईतिहाई मतद्वारा स्थिर सरकार र विकासले गति लिनेछ।’

बुधबार नै प्रचण्डले भरतपुर–२४ देवीचोक र नयाँ बस्तीमा आयोजित सभालाई पनि सम्बोधन गरे ।