काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । लामो कसरतपछि अन्ततः बैठकले महानगर र उपमहानगरमा सिट भागबण्डा टुंग्याएको छ ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालका अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालीकामा सिट बाँडफाँटमा सहमति जुटेको हो । यस्तै बैठकले देशभरका पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


सहमति अनुसार ६ महानगरमध्ये नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पाएका छन् भने माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ । यस्तै एकीकृत समाजवादीले पोखरा महानगरपालिका र जनता समाजवादीले वीरगञ्ज महानगरपालिका पाएको छ ।