नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोईरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन् । उनले कम्युनिष्टसंग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सवै लाग्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने स्पष्ट पारे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए । उनले चूनावमा हुने पदको बार्गेनिङसंग कांग्रेस डराउन नहुने तर्क गरे ।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताए ।