– सिर्जना नेपाल


ADVERTISEMENT


तिमी राजनिती गर्छौ
तिम्रा कार्यकर्ता
झुन्ड बनाएर बसेका छन्
तर
तिम्रै पार्टीभित्र
गुट र उपगुट छ
तिम्रा अगाडि सलामी पनि ठोक्छन्
तिमी जनताका अगाडि मीठो बोल्छौ
चिप्ला कुरा गर्छौ
पृथ्वीमा बसेकालाई
कुराले चन्द्रमामा पुर्यायर खसाल्छौ
खै ! कस्तो नीति हो यो
मैँले नबुझेको राजनिती


ADVERTISEMENT

# # #


यहाँ विधिको शासन हैन
व्यक्तिको शासन छ
यहाँ समाज विकास भन्दा पनि
नेता कार्यकर्ता व्यक्तिवादी हुँदैछन्
सत्ताको खातिर
जस्तो खेल पनि खेल्छन
इमान जमान सबै बेच्छन्
सोझा सिधा फसाउँछन
तिमी मक्ख पर्छौं
यत्रा जनता मेरा साथ
तर तिम्रा अगाडि मात्रै चिप्ला हुन्
सत्ता टिकाउन शक्तिको प्रदर्शन हुन्छ
विपक्ष पार्टीलाई सराप्छौ
अनि
कार्यकर्तालाई पनि सराप्न सिकाउँछौ

वल्लो घर पल्लो घर

माथ्लो घरमा
विपरित पार्टीका झन्डा
छिमेकमै दुश्मनी हुन्छ
पार्टीका नाममा आफन्तमै
लडाईं–झगडा हुन्छ
तर तिमी सत्ता पाउने लोभमा
गठबन्धन भन्छौ
खै !
कस्तो नीति हो यो
मैँले नबुझेको राजनीति