काठमाडौं – कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ ।


ADVERTISEMENT


विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ।

गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।  अघिल्ला र आर्थिक वर्षमा भने रोजगारीमा नेपाल आउने बढेका थिए । कारोबार दैनिकबाट ।