पोखरा– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ ? भनेर प्रश्न गरेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसद्वारा पोखराको अमरसिंह चोकमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ । कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।

‘नेपालमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिँदैछ । एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको छ,’ देउवाले भने, ‘जनताको भावनालाई र चाहनालाई समानरुपमा अधिकार दिईएको संविधान परिवर्तन गर्न खोज्नु जनताको अधिकारलाई खोसिनु हो ।’

कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।

देउवाको साथमा आएका वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री सशांक कोइराला, कांग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड, पूर्व अर्थमन्त्री डा. रामशरण महत, धनराज गुरुङ्ग, विनोद चौधरी लगायतका नेताहरु वाम गठबन्धनका शीर्ष नेता विरुद्ध खनिएका थिए ।