काठमाडौँ– काठमाडौँ क्षेत्र नं। ४ मा गगन थापा कि राजन भट्टराई भन्ने विषयमा राजनीति तरङ्गित भएको छ । नेपाली काँग्रेसको पछिल्ला दशकका सबैभन्दा प्रभावशाली व्यक्ति गगन थापा र नेकपा एमालेका परराष्ट्र जानकार डा राजन भट्टराईबीचको चुनावी युद्ध यतिखेर अफवाहको र अनर्गल प्रचारको हदसम्म पुगेको छ ।


ADVERTISEMENT


सांसद गगन थापाले आफूले गरेका कामलाई बाहिर ल्याउने प्रयास गरिसकेका छन् । तर राजन भट्टराईबाट यो काम हुन सकेको देखिएको छैन । विशेषगरेर कपन भेकलाई हिलोधुलो र अस्तव्यस्तत भएको नाममा राजन भट्टराइले गगन थापा बिरुद्ध गरेका यावत् अतिरन्जित कुराहरु आफैमा दिग्भ्रमित छन् । गगन थापाले कपनलाई जाने आउने ६ वटा बाटोलाई राष्ट्रिय योजनामा पारेर अरबभन्दा धेरै बजेटको व्यवस्था गरेर काम कार्यान्वयन तहमा पुगेको छ ।


ADVERTISEMENT

# # #


जनतामा गगन थापाबिरुद्ध नलाग्ने देखेपछि विचलित भएका बौद्धिक भने पनि बौद्धिकताको कुनै पदचिन्हसमेत नदेखाएका भट्टराइले केशव स्थापित लगाएर बाख्रा र कृषिको कुरा उठाउन लगाए । आफूलाई विकासप्रेमी भनेर प्रचार गर्ने स्थापित पनि भट्टराईको पछि लागेर आफैँ आलोचित हुने काम गरे । सुचनाको हकका नाममा गगन थापाप्रति मात्रै केन्द्रित रहेर बोल्दै आएका स्थापितको झुटको खेति र भट्टराईको गलत रणनीति पनि जनतामाझ लगभग छताछुल्ल भइसकेको छ ।

बुधबार राजधानीमा एउटा पृथक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ अतिथिको रुपमा थापा र भट्टराईलाई निम्ता दिइएको थियो । काठमाण्डौ क्षेत्र नम्बर ४ का दुई प्रमुख उम्मेदबार मध्ये एमालेका तर्फबाट उम्मेदबार बनेका राजन भट्टराईलाई मतदाताको प्रश्नको जवाफ दिनका लागि बोलाइएको थियो ।
दुवै उम्मेदवारले कार्यक्रममा आउने बचन दिएका थिए ।

तर गगनविरुद्ध आफ्नो वौद्धिकताभन्दा तल झरेर दुष्प्रचार गरिरहेका भट्टराई अन्तिम समयमा कार्यक्रममा आउन नसक्ने खबर पठाएर उम्किए । विभिन्न सामाजिक संघसंस्थाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदरबारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदबार भट्टराईले कार्यक्रममा आउने बचन दिएपनि अनुपस्थीत भएका हुन् ।

केही दिन अगाडी देखि दुवै उम्मेदबारहरुसँग समय लिएर कार्यक्रम तय गरेको भएपनि अन्तिम समयमा आएर भट्टराईले कार्यक्रममा आउन नसक्ने जानकारी गराएको आयोजकहरुले बताएका छन् ।

कारखाना नामक शैक्षिक अनुसन्धानात्मक संस्था र स्वतन्त्र नागरिक सञ्जालले अन्य विभिन्न संस्थाहरुको सहयोगमा मंगलबार मध्यान्ह १२ बजेदेखि अपराहन्न ४ बजे सम्म काठमाडौको ज्ञानेश्वरमा ‘मतदाता मेला‘ कार्यक्रम आयोजना गरेका थिए ।

आयोजकहरुले केहीदिन देखि नै कार्यक्रमका बारेमा व्यापक प्रचार प्रसार गरी आफ्ना उम्मेदबारलाई प्रश्न सोध्न मतदाताहरुलाई आह्वान गरेका थिए । कार्यक्रममा भट्टराई अनुपस्थीत हुनेपछि आयोजकले थापालाई पनि नआउन जानकारी गराएका थिए ।

आफ्नो क्षेत्रमा कस्ता कस्ता उम्मेदवारहरु उठेका छन्, सहि तरिकाले भोट कसरी हाल्ने, आफ्नो मतको कसरी सहि सदुपयोग गर्ने जस्ता जानकारी दिने उद्देश्यले मतदाता मेला आयोजना गरिएको थियो । यस्ता कार्यक्रमलाई चुनावका बेला उम्मेदवारलाई आफ्नो भनाई राख्ने उचित अवसरका रुपमासमेत लिइन्छ । तर बाहिरबाट गगनको खेदो खन्दै आएका भट्टराईले गगनसँग आमनेसामने भएर तर्क गर्ने हिम्मत भने निकाल्न सकेनन् ।