काठमाण्डौं-मतपेटिकामा एसिड हालिएपछि स्थगित रुकुमको २ वटा मतदान केन्द्रको पुन: मतदानका लागि कर्मचारी खटिएका छन् ।


ADVERTISEMENT


गत १० गते आइतबार मतदान कार्य स्थगित भएका बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुन: मतदान गराउन मतदान अधिकृत सहितका कर्मचारी त्यसतर्फ गएका हुन् ।


ADVERTISEMENT

# # #


दुवै मतदान केन्द्रमा मंसिर १५ गते शुक्रबार पुनस् मतदान हुँदैछ । मतदान स्थगित भएका दुई मतदान केन्द्रमा १५ गते पुन: मतदान गराउनु भनि निर्वाचन आयोगले दिएको निर्देशन अनुसार जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुस्न मतदानका लागि कर्मचारीहरु खटाएको हो ।

१५ गते शुक्रबार बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालय काँडाको ‘क’ मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने छ भने, आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ‘ख’ मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुनेछ ।

दुवै मतदान केन्द्रमा एसिड हालिएपछि उक्त दिन मतदान कार्य स्थगित गरिएको थियो ।