काठमाण्डौं-सरकारले मंसिर १ गतेदेखि सुरु गरेको प्रदेशअनुसार रहने इम्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी हुन सकेको छैन ।


ADVERTISEMENT


यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्तकुना कार्यालय प्रमुख बसन्त अधिकारीले दुई सातामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि एक सयभन्दा केही बढी सवारीधनीले मात्र अनलाइनबाट आवेदन दिएको जानकारी दिए। सेवाग्राहीले नै चासो नदिएका कारण म्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी बन्न नसकेको हो।


ADVERTISEMENT

# # #


पहिलो साता जडानका लागि सेवाग्राहीले चासो नदिए पनि विस्तारै अनलाइन आवेदन दिनेको संख्या बढिरहेको उनको भनाइ छ।

विभागले प्रदेश नम्बर ३ मा दर्ता भएका चारपांग्रे सवारीका लागि स्वेच्छिक इम्बोस्ड नम्बर प्लेट जडान गर्न आवेदन खुलाएको छ। अनलाइन आवेदन दिएकामध्येबाट ३५ वटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको अधिकारीले जानकारी दिए।

प्रतिनिधि र प्रदेशसभा निर्वाचानका कारण इम्बोस्ड नम्बर प्लेट जडान गर्न धेरै चाप नदेखिएको उनको भनाइ छ। सरकारले पनि सेवाग्राहीलाई नम्बर प्लेट जडान गर्दा हुने फाइदाको विषयका जानकारी गराउन नसक्दा आवेदन दिनेको संख्या कम भएको हुन सक्ने अधिकारीको अनुमान छ।